एक हप्ता अघि भारतबाट नेपाल आएका युवकको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमवार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।

ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको जानकारी दिदैँ अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले आजै गाउँमा शव गाडिसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?