कैलाली र कञ्चनपुरमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

लोकपथ
35
Shares

धनगढी : कैलाली र कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीवार बिहानै कैलालीमा तीन र कञ्चनपुरमा तीन गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनको कोरोना पुष्टि भएको १२ घण्टामै बिहिवार बिहान साढे १२ बजे मृत्यु भएको उनले जानकारी दिए ।

यस्तै, सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ बर्षीय पुरुष र घोडाघोडी–१० का ६० बर्षीय पुरुषको पनि बिहीवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कञ्चनपुरमा भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको राती साढे १२ बजे र भिमदत्त नगरपालिका १८ कि ३६ वर्षीय एक महिलाको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?