काठमाडौं । प्रस्तावित बी एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ सङ्क्रमितका उपचारमा सहयोग पुर्याउन मेची अस्पताललाई एकथान भेन्टिलेटर उपकरण प्रदान गर्ने जानकारी दिएका छन् । उनले भने “ विपद्का समयमा सरकारी स्वास्थ्य सेवालाई हामी सबै मिलेर सुदृढ बनाउनु पर्छ, यसैले रु ६५ लाख बराबरको भेन्टिलेटर मेची अस्पताललाई प्रदान गर्दैछु । ”
उनका अनुसार बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ५० भेन्टिलेटर उपकरण छ । ती मध्ये पाँच-छ वटामा मात्र बिरामी छन् । समाजसेवी प्रसाईँले आज प्रेश विज्ञप्ति मार्फत् राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई ती भेन्टिलेटर राखेर उपचार सेवामा प्रदान गर्न आफू तयार रहेको जानकारी दिए ।
उनले विज्ञप्तिमा भने “ विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।”
कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले अत्याधुनिक आइसीयू तथा भेन्टिलेटर सहित २५ श्या छुट्याएको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार अस्पतालले कोरानाका बिरामीलाई उपचारमा उच्च प्राथमिकता दिँदै उपचार सेवा प्रदान गरेको छ ।
बुधवार मात्र एक कोराना सङ्क्रमित बिरामीलाई काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनका अनुसार काठमाडौंका कोरानाका बिरामीले भेन्टिलेटरका लागि अस्पतालमा सम्पर्क गर्नेक्रम निरन्तर जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया