७ जना ‘नक्कली डाक्टर’ सार्वजनिक, नक्कली प्रमाणपत्र पेश गरि जाँचिरहेका थिए बिरामी !

काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम सुभाष प्रताप साह, मोहम्मद शाहिद राजा, अखिलेश कुमार देव, पल्लवी सिंह, फराज हुसेन खाँ र मोहमद सद्दिक रहेका छन् ।

उनीहरु बंगलादेशमा एम बीबीएस अध्ययन गर्न जान एसएलसीको मार्कशिटमा योग्यता नपुगेपछि नाम, जन्ममिती, प्राप्तांक लगायत विवरण किर्ते गरेर नेपाल मेडिकल काउन्सीलबाट स्विकृत लिएको अभियोगमा पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

पश्चिम रुकुम लगायतका ठाउँबाट पक्राउ परेका ७ जना नक्कली डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

No description available.

सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याएको थियो ।

मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

पक्राउ परेका नक्कली डाक्टरहरुको विवरण :

नाम : दिपेन्द्र गौतम
उमेर : ३४ वर्ष
ठेगाना : सप्तरी जिल्ला घर भई हाल मोरङ जिल्ला विराटनगर मा न पा वाड नं ५ संम्झना चोक
कार्यरत रहेको स्थान : न्यूरो हस्पिटल विराटनगर

नाम :  सुभाष प्रसाद साह
उमेर: २९ वर्ष
ठेगाना:  जिल्ला महोत्तरी, सरपल्लो वडा नं ६ घर भई
हाल जिल्ला जनकपुर उप.म.न.पा वडा नं- ७, जिरोमाईल
पक्राउ मिति: २०७८-०१-०५ गते
पक्राउ: जिल्ला महोत्तरी, जलेश्वर
कार्यरत रहेको स्थान: जनकपुर चिल्ड्रेन हस्पिटल, धनुषा

नाम : मोहमद सिद्दिक

उमेर: २८ वर्ष
ठेगाना: जिल्ला सप्तरी, बिष्णुपुर गा.पा.वडा नं-२ घर भई
हाल जिल्ला मोरङ विराटनगर म.न.पा वडा नं-५ संझनाचोक
पक्राउ मिति: २०७८-०१-०५ गते

नाम : मोहम्मद शाहिद राजा
उमेर: २८ वर्ष
ठेगाना: जिल्ला धनुषा, सवैला न.पा. वडा नं- ५ घर भई
हाल जिल्ला ललितपुर, म.न.पा. वडा नं- २ महालक्ष्मीथान
पक्राउ मिति: २०७८-०१-०५ गते
पक्राउ स्थान: महालक्ष्मि न.पा .वडा नं- २, इमाडोल, ललितपुर
कार्यरत रहेको स्थान: दिर्घायू गुरु हस्पिटल, चाबहिल

नाम: अखिलेश कुमार देव
उमेर: ३१ वर्ष
ठेगाना: जिल्ला सप्तरी, सकरपुरा वडा नं १ घर भई
हाल जिल्ला मोरङ म.न.पा. वडा नं- ३ बरगाछी
पक्राउ मिति: २०७८-०१-०५ गते
पक्राउ स्थान: विराटनगर म.न.पा वडा नं- १, वरगाँछि , मोरङ

नाम : पल्लवी सिंह
उमेर: २७ वर्ष
ठेगाना: जिल्ला महोत्तरी, मनरा वडा नं ५ घर भई
हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं-२ आदर्श बस्ती
पक्राउ मिति: २०७८-०१-०५ गते
पक्राउ स्थान: मध्यपुर ठिमि न पा वडा नं- २, आदर्शवस्ती घरबाट

नाम: फराज हुसेन खाँ
उमेर:२९ वर्ष
ठेगाना: जिल्ला ललितपुर, ललितपुर म.न.पा-२ सानेपा
पक्राउ मिति:  २०७८-०१-०५ गते
पक्राउ स्थान:सानेपा, ललितपुर म.न.पा वडा नं- २ सानेपा

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?