कालीगण्डकी साहित्य परिषद्द्वारा पाँच साहित्यकारलाई सम्मान

RSS
0
Shares

चितवन । चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ ।

जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहेका छन् ।

साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो । कार्यक्रममा स्रष्टाहरुले आ–आफ्नो रचना वाचन गरेका थिए ।

विसं २०६१ मा स्थापना भएको परिषद्ले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिए । कार्यक्रममा साहित्यकार पुष्प अधिकारी अञ्जली, लकास पौडेल, तिलकराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?