इन्डोनेसियामा ‘सेरोजा’ आँधीको कारण एक सय ७८ जनाको मृत्यु

RSS
0
Shares

एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण एक सय ७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७८ जनाको मृत्यु हुनुको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उपगभर्नर जोसेफ नाए सोइ सोमवार साँझमा जानकारी दिएका थिए ।

पहिरोबाट दर्जनौ व्यक्तिको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए । यद्यपी मंगलवार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए । बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको पनि समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?