मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु

लोकपथ
0
Shares

उदयपुर । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुरकी एक महिलाको मृत्यु भएको छ। कटारी नगरपालिका ४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमवार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्। उपचारका लागि शान्ति हेल्थ केयर मिर्चैया सिरहा पुर्‍याउँदा दनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?