म्यानमारमा भइरहेको दमनविरुद्ध समाजले अभियान चलाउने

RSS
0
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले म्यानमारका नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

समाजको नुवाकोटमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिए । समाजले म्यानमारमा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शनसमेत गरेको छ । समाजको नुवाकोट शाखाले चैत २३ गतेदेखि शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रित रही छ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, साङ्केतिक रुपमा नगर तथा नदी सफाइ, शान्ति काव्य प्रवाह र दण्डहीनताविरुद्ध अन्तक्रिया कार्यक्रम गरेको उनले बताए ।

अन्तक्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी, नुवाकोट सभापति नारायण श्रेष्ठलगायतले शान्ति, लोकतन्त्र र न्यायपूर्ण सामाजिक व्यवस्थाका लागि निरन्तर अभियान चलाउने प्रतिवद्धता जनाएका थिए । समाज केन्द्रीय कार्यसमिति बैठकले सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागाईलाई नियुक्त गरेको छ भने पूर्व सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार छन् ।

समाजको छ केन्द्रीय सदस्य मनोनयन

बैठकले समाजको विधान अनुसार छ जना केन्द्रीय सदस्यमा किरण ढकाल काठमाडौं, कृष्णनारायण श्रेष्ठ (नवलपरासी पश्चिम), सुदिप रिजाल (मोरङ), दुर्गा राना मगर (काठमाडौं), उमा गौतम (काठमाडौं) र गणेश पौडेल (रौतहट) लाई नियुक्त गरेको छ । यसैगरी अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे एवं सदस्यमा लालहरि पाण्डे र दुर्गा देवकोटा तथा सदस्यता अपिल समितिको संयोजकमा बलबहादुर गाहा मगर तथा सदस्यमा भूमिश्वर गौतम र ईश्वरा लिङ्देनलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?