ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । दाङमा ग्याँस सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३ खुरखुरियाका ६५ वर्षीय परशु नारायण चौधरी रहेका छन् ।

हिजो (आइतवार) दिउँसो राप्ती नदीको झोलुङ्गे पुल निर्माण गर्ने कर्मचारी र मिस्त्री बस्ने क्याम्पमा खाना पकाउने क्रममा सिलिण्डर पड्किँदा आफ्नै खेतमा काम गरिरहेको चौधरी गम्भीर घाइते भएका थिए ।

उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?