काठमाडौं । काठमाडौं महानगरपालिका २६ केशरमहलस्थित एक होटलबाट तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका ६ का ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई हिजो (शनिवार) राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया