काठमाडौं । काठमाडौंको नागार्जुनको जंगलमा डँढेलो लागेको छ । आज आइतवार दिउँसोबाट जंगलमा डँढेलो लागेको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगो नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।
विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश जंगलमा डँढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया