काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित हात पारेको छ । शनिवार राति भएको खेलमा इन्टरले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टरको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा लुकाकुले गोल गरेका थिए ।
जितसँगै इन्टरले २८ खेलमा ६८ अंक जोडेको छ । इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा ८ अंकले अघि रहेको छ । बोलोग्ना ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया