धनगढीमा १२ जनामा कोरोना पोजिटिभ, ५ जना आएका थिए भारतबाट

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा मा ४४ जनामा गरिएको कोरोना परीक्षणमा १२ जनामा पोजिटिभ फेला परेको छ ।

आज कोरोना परिक्षण गरी पोजिटिभ देखिएका मध्ये ५ जना भारतबाट आएका हुन् भने अन्य ७ जना स्थानीय नै रहेको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठ ले जानकारी दिए ।

कोरोना पुष्टि हुनेमा कैलाली धनगढीका ५, कैलाली गोदावरी नगरपालिकाका २, कैलालीको घोडाघोडी नगरपालिका, अछाम, डोटी, कञ्चनपुर र डडेल्धुराका एक,एक जना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?