काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा फर्काउने फैसलाको पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णयप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टी जनाएको छ ।
नेकपा सम्बन्धी फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आजको फैसलाप्रति असन्तुष्टी जनाउँदै माओवादी केन्द्रका नेता देव गुरुङले फैसला बेठिक भएपनि स्वीकार गर्ने प्रतिकृया दिएका छन् ।
आफूहरुले दिएको पुनरावलोकन निवेदन दल खोल्न दिएको अधिकार प्रयोग गरेको भएपनि सर्वोच्चले त्यसकोविरुद्धमा काम गरेको टिप्पणी गरे ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको आधिकारीकता ऋषी कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा फर्किइदिएको थियो । त्यसबारे असन्तुष्टी जनाउँदै माओवादी केन्द्रले मंगलवार पुनरावलोकनका लागि निवेदन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया