काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन पार्टीले सरकारको समर्थन छाड्ने बताएका छन् ।
विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने उनको भनाइ छ ।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हतारमा समर्थन छोडेर देशलाई राजनीतिक अस्थिरतातर्फ आफूहरुले लान नचाहेको बताए ।
उनले भने, ‘हामी राजनीतिक स्थायित्व चाहान्छौं । कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौं । हामी अस्थिरता चाहादैनौं स्थीर होस् । तपाई सरकारलाई बहुमत जुटाउनुस् । अरु विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौं । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया