माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई जना घाइते

लोकपथ
0
Shares

टेकसिंह धामी/ डडेल्धुरा- डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

अमरगढी नगरपालिका–८ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर वडा नं ७ ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज (बुधवार) दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको छन् । घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया शारदा ऐरी र २० कल्पना विक रहेको जिप्रका डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

डडेल्धुरामा उपचार सम्भव नभएपछि घाइते दुवैलाई धनगढी रेफर गरिन लागिएको चन्दले बताए । उनका अनुसार घाइते दुवैको अवस्था मध्यम रहेको छ । नयाँ वर्षमा घर पोत्न रातो माटो खन्न महिलाहरु टाढा टाढा पुग्ने गर्छन् । नयाँ वर्षलाई सुदूरपश्चिममा विशु पर्वका रुपमा मनाउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?