नेपालमा थप १ सय ६२ जनामा कोरोना संक्रमण, मृतक संख्या शुन्य

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६२ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ जना पुगेको छ।

कोरोनाबाट बुधवार थप कसैको पनि मृत्यु भएन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ३० पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको छ ।

अहिलेसम्म नेपालमा २२ लाख ७१ हजार ३२७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५९ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?