प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बझाङका जनताले चामल खान पाउने कहिले ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली स्नेहीले बझाङका जनतामा चामलको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

आज (बुधवार) बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै बझाङ जिल्ला साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहोराले संघीय सरकारका मन्त्रालय देखि विभिन्न निकायमा स्थानीय नागरिकलाई चामल खुवाउन पाउँ भन्दै धाएको विषय उल्लेख गर्दै अहिले देशका विकट क्षेत्रमा खान नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बझाङका जनताले चामल खान पाउने की नपाउने भन्दै प्रश्न समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?