काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेकोबारे संसदमा आवाज उठाएका छन् ।
बुधवारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो एकवद्धता रहेको बताए ।
त्यस्तै सांसद खतिवडाले स्थानीयका माग पुरा गरी फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाउन सरकारसँग माग समेत गरेका छन् ।
सरकारले आफूहरुसँग गरेको माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले विगत ६ दिनदेखि काठमाडौं महानगरबाट लैजाने फोहोर रोकिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया