काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति राम नाथ कोविन्दको शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।
आज(मंगलवार) कोविन्दको मुटुको शलयक्रिया सफल भएकोमा भण्डारीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनलाई खुशी व्यक्त गरेकी हुन् ।
भण्डारीले खुशी व्यक्त गर्दै कोविन्दको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छिन् ।
उनले लेखेकी छिन्ः
भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्द @rashtrapatibhvn को आज मुटुको सफल शल्यक्रिया सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया