काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश संकट पर्यो भन्नेहरुप्रति कटाक्ष गरेका छन् ।
रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकत्कोसवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले देश कहाँ संकट पर्यो ? भन्दै प्रश्न गरेका छन् ।
‘देशलाई कहाँ संकट पर्यो रे ? कहाँ संकट पर्यो ? तपाईहरुलाई के मा संकट पर्यो ? संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको अरे ?’ प्रधानमन्त्री ओलीले भने ।
उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र बिरामी परेको बताएका जसपाका नेता उपेन्द्र यादवप्रति कटाक्ष गर्दै ओलीले आफूले त्यस्तो अवस्था नदेखेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘साथीहरु त भन्नु भयो तर केही बिरामी त संघीय लोकतान्त्रिक गणतन्त्रमा परेको म देख्दिन ।’
त्यस्तै पार्टी एकता जोगाउन आफूले लागेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसकोविरुद्ध लागेको आरोप लगाए । सर्वोच्च अदालतले पार्टीलाई पूर्ववत् रुपमा फर्काइदिएपछि आफूले प्रचण्डलाई फोन गरेपनि कुनै प्रतिक्रिया नआएको बताए ।
त्यस्तै पार्टी एकताको कुरा गरेपनि प्रचण्डले नै पार्टी एकता भंग गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भने- ‘एकता बाँकी थियो ? दलको नेतालाई पार्टीबाट निश्काशन गर्ने अनि पार्टी एकता बाँकी थियो भन्ने ? फोन सम्पर्क गर्दा पनि भेट्न समेत नमान्ने अनि पार्टी एकताको कुरा गर्ने ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया