मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन

लोकपथ
0
Shares

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएको छ । आज (मंगलवार) गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधन भएको हो ।

रावलको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज (मंगलवार) बिहान उनको निधन भएको गाउँपालिकाले जनाएको छ ।

उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो । लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको पारिवारिक स्रोतले जनाएको छ । उनी नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?