नेता नेपाल र रावललाई निलम्बन गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारवाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले सोमवार मात्रै नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्वन गरेको सार्वजनिक भएपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

भट्टराईले सोमवार राति सामाजिक सञ्जाल ट्वीटरमा कारावाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकाले कारवाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?