उपाधि जित्ने खेलाडीलाई सभामुख सापकोटाले दिए बधाई

काठमाडौं । सभामुख अग्नि सापकोटाले थ्री नेसन्स कप फुटबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।

सभामुख सापकोटाले सामाजिक सञ्जाल ट्वीटरमा नेपाली राष्ट्रिय फुुटबल टिमका खेलाडीहरुलाई बधाई दिँदै सबै प्रशिक्षकलाई विशेष धन्यवाद भनेका छन् ।

‘थ्री नेसन्स कप फुटबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुुटबल टिमका खेलाडीहरुलाई हृदयदेखि बधाई ! आजको खेलका गोलकर्ता सञ्जोग राई र विशाल राई लगायत सबै खेलाडी र प्रशिक्षकलाई विशेष धन्यवाद !’ सभामुख सापकोटाले भनेका छन्, ‘नेपाली फुटबलमा खुसीको यस दिनमा हौसला बढाउने दर्शक र सबै नेपालीलाई बधाई !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?