काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर फैलिएको तुवाँलो कहिले हट्छ भन्नेमा जल तथा मौसम विभाग नै अन्योलमा परेको छ ।
विभागले मौसम विश्लेषणका आधारमा आगामी ३ दनसम्म वायुमण्डल स्थीर अवस्थामा रहिरने भएकाले तुवाँलोको विषय तत्काल हट्ने अवस्था नरहेको बताएको छ । । त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था डढेलाको अवस्थामा निर्भर रहने विभागका प्रवक्ता सनत कुमार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक कार्यबाहेक घरबाट ननिस्कन र निस्कनु परेमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अपील गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया