इनारमा डुबेर बालकको मृत्यु

RSS
0
Shares

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा आज सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पतालमा पु-याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?