काठमाडौँ- बलिउड अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण भएको छ ।
‘दुर्भाग्यले मेरो कोभिड–१९ टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो १० दिनमा जो मानिसहरु मेरो सम्पर्कमा आए, उनीहरुलाई म यो आग्रह गर्दछु कि आफ्नो कोरोना भाइरस टेस्ट गर्नुहोला’, उनले ट्वीट गरेका छन् ।
परेशले मार्च ९ मा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए । उनले अस्पतालबाट आफ्नो तस्वीर पनि शेयर गरेका थिए । ‘वी फर भ्याक्सिन । सबै डाक्टर, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी र वैज्ञानिकलाई धन्यवाद’, खोप लगाएपछि उनले लेखेका थिए ।
केही दिन यता बलिउड कलाकारमा कोरोना भाइरसको संक्रमण दिनानुदिन देखिएको छ । परेश अघि मिलिन्द सोमन, आर माधवन, सिद्धान्त चतुर्वेदी, कार्तिक आर्यन, आमिर खान, रोहित सराफ र रमेश तौरानी संक्रमित भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया