मौसम पूर्वानुमानः आज मौसम सामान्यतया सफा रहने

लोकपथ
0
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा महाशाखाले जानकारी दिएको छ । साथै पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन चट्टयाङसहित फाटफुट हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?