आधा शरिर जलेको अवस्थामा महिलाको शव खेतमा फेला

काठमाडौं । रौतहटमा आधा जलेको अवस्थामा महिलाको शव फेला परेको छ ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नं.५ झुनखुनुवा स्थित सुन्दर साहको खेतमा नाम थर नखुलेको अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।

ती महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा लास फेला परेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तर महिलाको पहिचान खुल्न नसकेका कारण जिल्ला प्रहरी कार्यालय रौतहटले पहिचानका लागि सर्वसाधारणसँग अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?