काठमाडौं । मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बैंकिङ्ग कसुरको मुद्दा मिलाई दिने भन्दै नवराज देवकोटाको जाहेरीमा गोरखा मिरकोट ३ घर भई हाल काठमाडौंको कीर्तिपुर मच्छेगाँउ बस्ने ३२ वर्षीय नविन लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रविण श्रेष्ठको परिवारसँग नगद ७० हजार रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौंको थापाथली बाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया