नेपालमा कोरोना : थप १५० जनामा संक्रमण पुष्टि

RSS
0
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् । त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ ।

अहिले देशभर एक हजार १७ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ४० हजार ९८९ को पीसीआर परीक्षण भएको छ । हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?