काठमाडौं । नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिले कलेजो प्रत्यारोपणका लागि सहयोग संकलन शुरु गरेको छ ।
बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं. ६ स्थायी घर भएका जगत बहादुर सिंह विगत केही वर्षदेखि गम्भिर बिरामी रहेका छन् । डाक्टरका अनुसार( कलेजो ड्यामेज भइसकेका सिंहलाई बचाउन कलेज फेर्नु पर्ने भएकाले समितिले रकम संकलन अभियान थालेको हो । त्यसका लागि कलेजो दिने मानिस पनि तयार भइसकेका छन् तर पैसा जुटाउन नसकेकाले कलेजो फेर्न नसकिएको शमशेर कुमार बमले जानकारी दिए । उनका अनुसार कलेजो फेर्न लाग्ने पचास लाखभन्दा बढी रकम आफैँ जुटाउन विपन्न सिंह परिवारले नसक्ने भएकाले सम्पर्क समिति अघि सरेको हो ।
आजभन्दा चार महिनाअघि सम्पर्क समितिका तर्फबाट अध्यक्ष शमशेर कुमार बमले सामाजिक सञ्जाल मार्फत् सिंहलाई सहयोग गर्न सार्वजनिक अपिल गरेका थिए ।
त्यसयता शमशेर कुमार बमको खातामा १४१७०६ (एक लाख एक चालिस हजार सात सय छ) र बिरामीको स्वयमको खातामा गरी आजसम्म करिब सात लाख रुपैयाँ जम्मा भइसकेको र आफ्नो खाताको रकम बिरामीलाई हस्तान्तरण गरिसकेको कुरा उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया