काठमाडौँ- फ्रान्स र पोल्यान्डमा पुन: लकडाउन शुरू भएको छ।
कोरोना संक्रमण ह्वात्तै बढेपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न शहरहरुमा शुक्रवार मध्यरातबाट आंशिक लकडाउन गरिएको छ । पहिलाको जस्तो कडा लकडाउन नभएपनि अत्यावश्यक व्यवसायबाहेकका अन्य व्यवसाय बन्द गर्न भनिएको छ। विद्यालयहरु भने खुल्नेछन्। लकडाउन घोषणा गरिएसँगै शहर छाड्नेहरुको संख्या बढ्दा ट्राफिक अस्तव्यस्त भएको थियो।
यस्तै पोल्यान्डमा शनिवारदेखि तीन हप्ताकालागि लकडाउन घोषणा गरिएको छ। यो समयमा पसल, होटल, सांस्कृति र खेलकुद क्षेत्र बन्द गरिने भएको छ। दुवै देशमा मानिसहरुको हिँडडुलमा भने प्रतिबन्ध लगाइएको छैन तर अनावश्यक भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण पुनः तीव्र रुपमा फैलिदै गएको छ । दिनप्रति दिन संक्रमण बढ्दै गएपछि भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया