काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको राजीनामा स्वीकृत गरेकी छन्।
राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले महान्यायाधिवक्ताको हैसियतले सम्पादनको गरेको कार्यप्रति धन्यवाद व्यक्त गरेकी छन्। खरेलले पत्रकार सम्मेलन गरेर संविधानको धारा १५७ (४) (क) बमोजिम शुक्रवारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका थिए।
त्यसैगरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले चावहिल निवासी अधिवक्ता रमेश बडाललाई २८औ महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छन्। संविधान धारा १५७ को उपधारा २ बमोजिम बडाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन्। प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता श्री रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’
नवनियुक्त महान्यायाधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया