काठमाडौं । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् । हिजो (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले वललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
वलको कार्यकार चार वर्षको रहने छ । यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो ।
प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो । काभ्रेपलाञ्चोकका वल पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । वल कान्तिपुरसँग पनि आवद्ध थिए । उनी नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारीमा आवद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया