एमालेको संसदीय दलको बोर्ड गठन, पार्टीको विधान संशोधन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बोर्ड गठन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकले २४ जना सदस्य रहने गरी बोर्ड गठन गरेको हो ।

त्यस्तै आजको बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया समेत अघि बढाइएको स्रोतले जनाएको छ । जसको लागि विधान संशोधनका लागि तीन सदस्यीय कार्यदल बनाइने भएको छ । जसमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।

आजको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु भने अनुपस्थित रहेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूखुसी निर्णय गरेको भन्दै आजको बैठक बहिस्कार गरेका हुन् । यसैगरी नेपाल खनाल पक्षले बुधवारबाट राष्ट्रिय कार्यकर्ता भेला गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?