काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरी कार्यपत्र प्रस्तुत गरेको छ ।
बुधवार राष्ट्रिय कार्यकर्ता भेलालाई उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले उक्त राजनीतिक प्रस्ताव पेश गरेका हुन् ।
प्रस्तुत गरिएको कार्यपत्रको नाम ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ राखिएको छ ।
कम्युनिष्ट आन्दोलनलाई एक बनाउनका लागि माओवादी समेतलाई एक बनाई अगाडि बढाइएको तर केपी शर्मा ओलीले त्यसमा समस्या थपिएको र त्यसबाट कम्युनिष्ट पार्टी विभाजन गर्नतिर लागेको बताइएको छ ।
‘हामी नेकपा एमालेले बनाएको सैद्धान्तिक जगमा नेकपा माओवादी केन्द्रसमेत एकता गरेर मुलुकको समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने पर्याप्त वस्तुगत तथा मनोगत अवस्थामा थियौँ । पार्टी अध्यक्ष कमरेड के पी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए । उहाँलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरिए तर उहाँका क्रियाकलाप कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे । त्यसको पराकाष्टा वामपन्थीहरुको अद्वितीय बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो ।’ प्रस्तुत गरिएको कार्यपत्रमा भनिएको छ ।
कार्यपत्र पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस्
माधवकुमार नेपालले प्रस्तुत गरेको कार्यपत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया