एनआरएनएको नाम दुरुपयोग भएको भन्दै क्यालिफोर्निया च्याप्टरका सचिवको आपत्ति

काठमाडौं । नेपाली जनसम्पर्क समिति दर्दन क्यालिफोर्निया च्याप्टरले एनआरएनको निर्वाचन नजिकिँदै गर्दा व्यक्तिवादी सोच हाबी भएको भन्दै क्यालिफोर्निया च्याप्टरले आपत्ति जनाएको छ ।

प्रवासमा रहेका नेपालीहरुबीचको सम्बन्ध थप सुमधुर बनाउने उदेश्यले स्थापित एनआरएनभित्र व्यक्तिगत पदको लागि नेताहरु मिलाउन लागेको भन्दै च्याप्टरले ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार सामाजिक सञ्जालमा लेख्दै नेपाली जनसम्पर्क समिति दर्दन क्यालिफोर्निया च्याप्टरका सचिव गोविन्द चलाउनेले भनेका छन्,  ‘केहि वर्ष देखि केहि निहित ब्यक्तिका स्वार्थ, अवसरवादको जगमा टेकेर आफ्नो दुलो कसरी सोझो गर्न सकिन्छ ध्यय, पद र प्रतिष्ठाको दुरूपयोग केन्द्रमा गयर नेता सम्वद्द दलको चाकडिले आफु र आफ्नो समुह, क्षेत्र भूगोल लाई मात्र केन्द्रमा राखि लोभि पापी मनासायवाट पाखण्डित तत्तवहरूका कारण नेपाली जनता नेपाल सरकार र प्रवासमा रहनुहुने दाजुभाई दिदिवहिनीहरूबाट यस्तो महान गौरवको संस्था स्खलित हुँदै गयको कुरा सर्वविवितै छ ।’

एनआरएनभित्रका समस्याहरु संगठनले नभइ व्यक्तिले सिर्जना गरेको भन्दै संस्थाको नाम दुरुपयोग गर्नेहरुविरुद्ध आवाज उठाउनका सचिव चलाउनेले आग्रह गरेका छन् ।

उनले आगामी दिनहरुमा एनआरएनएको गौरव बढाई प्रवासमा बस्ने नेपालीहरुले गर्व गर्न लायक संंगठन बनाउन आग्रह गरेका छन् ।

‘आम नागरिक जस्तै मेरो त्यस्तो कुनै ठुलो आशा र आकांक्षा छैन । मेरो चाहाना भनेको आगामी वर्षहरूमा तपाईहरूले गरेका कार्यहरूले एनआर एन ए यता छ नाम ठेगाना दिनुहोस म तपाई आइडि वनाई दिन्छु भन्ने होइना कि एनआर एन ए सदस्य लिने कहिले हो म सदस्यता लिन्छु भन्ने भाव मेरो देश मेरो मातृभुमिको गौरव संस्था एनआर एन ए भनेर प्रवासमा बस्ने नेपाली दाजुभाईले गर्व गरून मेरो चाहान त्यति मात्र हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?