काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बुधवार बसेको नेकपा एमाले ओली पक्षको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
त्यस्तै सरकारलाई दिएको समर्थन लिएसँगै एमाले ओली पक्षले आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन फर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।
पार्टी एकता भंग भइ एमाले र माओवादी पूर्ववत् रुपमा फर्किएसँगै देशको केन्द्रीय राजनीतिमा देखिएको समस्याको असर प्रदेशमा पनि देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया