शुरु भयो ओलीको चियापान, गएनन् नेपाल र खनाल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको चियापान शुरु भएको छ ।

बिहान ११ बजेका लागि भनिएको चियापान केहीबेर अघि मात्रै शुरु भएको हो ।

सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् रुपमा एमाले फर्किएपछि भेटघाटका लागि भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चियापानको आयोजना गरेका थिए । आजको चियापानमा एमालेकै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल गएका छैनन् ।

त्यस्तै एमालेका अर्का नेता वामदेव गौतमले आज नै चियापानको आयोजना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?