काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ । आइतवार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सिमित टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।
यस्तै खेलको ७६ औं मिनेटमा लामेलाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटनह्याम १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै आर्सनलले २८ खेलमा ४१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।
टोटनह्याम ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया