काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ ।
आइतवार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडले आत्मघाती गोलबाट जित हात पारेको हो । खेलको ५३ औं मिनेटमा वेस्ट ह्यामका क्राग डसनले आत्मघाती गोल गरेका थिए ।
यस जितसँगै युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २९ खेलमा ५७ अंक जोडेको छ ।
वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया