अभिनेता सलमान खानले मुम्बईलाई टर्की बनाएर फिल्म छायांकन गर्दै

मुम्बई- बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म टाइगर ३ को छायांकन टर्कीमा गरिने भनिएको थियो । अब त्यो सुटिङ मुम्बईमै गरिने भएको छ । यतिबेला मुम्बईको गोरे गाउँलाई टर्की बनाउने कार्य भइरहेको छ । कोभिड १९ को संक्रमण मुम्बई फेरि बढेपछि अहिले टर्कीमा जानका लागि टाइगर ३ को युनिटलाई टर्कीबाट अनुमति मिलेको छैन ।

कोरोनाको महामारीका कारण यात्रा गर्न र त्यहाँ गएर चलचित्रको छायांकन गर्न पनि गाह्रो छ । सोही कारण अब टर्कीको छायांकन मुम्बईमै गर्ने अभिनेता सलमान खानले बताएका छन् ।फिल्ममा टर्कीको दृश्य देखाउन अब टर्की जानुपर्ने छैन । त्यहाँको छायांकन गरिने भनिएको दृश्यको सेट मुम्बईको गोरे गाउँमा बनाउने कार्य भइरहेको छ ।

केही दिनमै टर्कीस सेट तयार गरेर आफूहरू बाँकी छायांकनमा जुट्ने निर्माण पक्षले जनाएको छ । निर्देशक मनीष शर्माका अनुसार गोरे गाउँलाई टर्कीका रूपमा तयार गर्नु आफैंमा ठूलो खर्च हो ।

तथापि अहिलेको अवस्थामा आफूहरूले त्यो चुनौती लिएर गोरे गाउँमै टर्कीको सेट बनाइरहेको उनले बताएका छन् । टर्की जानु नपर्दा अभिनेता सलमानलाई पनि सजिलो भएको छ । उनले अब अरू पनि थुप्रै काम मुम्बइमा बसेर यो अवधिमा गर्न पाउने भएका छन् । टर्कीको सेट मुम्बईमा बनाउने सकिने भएपछि सलमान यो फिल्मको टर्कीको दृश्य यही छायांकन गर्न सहमत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?