योगेश भट्टराईको आग्रह- ‘प्रतिवाद गरौ, अतिवादको अन्त्य हुनेछ’

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमको प्रतिवाद गर्न आग्रह गरेका छन् । अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेको समाचार सार्वजनिक भएपछि नेता भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘विचलित नहोऔ,धैर्यता र संयमता नगुमाऔँ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ, एकताको विकल्प छैन, अतिवादको अन्त्य हुनेछ ।’
ओलीले नेपाल पक्षका भट्टराईलाई प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट हटाएर प्रदीप ज्ञवालीलाई तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?