प्रचण्डले भने- ‘माधवजीहरुलाई कसरी रेस्क्यू गर्ने भन्ने टेन्सनमा छु’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी माओवादी अन्य दलहरु भन्दा सहज स्थितिमा रहेको बताएका छन् ।

कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न बुटवल पुगेका अध्यक्ष प्रचण्डले अन्य दलहरुलाई राजनैतिक संकट आए पनि आफूहरुलाई त्यस्तो असहज स्थिति नभएको बताए ।

एमाले र माओवादी पूर्ववत् रुपमा फर्किएसँगै माधवकुमार नेपालहरु एमालेमा फर्किएको र अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई कसरी अघि बढ्ने भन्ने समस्या पैदा भएको बताए । देशमा राजनैतिक संकट उत्पन्न भएपनि आफूहरुलाई कसरी संगठन निर्माण गर्ने भन्ने बाहेक अन्य राजनैतिक समस्या नभएको जिकिर गरे ।

‘माधवजी एमालेमा फर्किएर गएपछि एमालेमा चाँही संकट उत्पन्न भएछ । अहिले सजिलोमा भएको कुनै पार्टी छ भने माओवादी मै छ । हामीसँग विदेशी शक्ति छैन । भएपनि एउटा दुईटा होला । हामी दुख गरेर कसरी संगठन निर्माण गर्ने भन्ने संकटमा त छौँ तर अन्य समस्या हामी भित्र छैन् ।’ अध्यक्ष प्रचण्डले भने- ‘हामीलाई राजनैतिक टेन्सन छैन् । माधव जीहरुलाइृ कसरी रेस्क्यू गर्ने । कसरी उद्धार गर्ने भन्ने टेन्सन छ । तर मलाई नै चाही राजनीतिक कुनै टेन्सन छैन् ।’

सत्ता समिकरणका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टीसँग निरन्तर वार्ता भइरहेको तर कुनै निष्कर्षमा नपुगेको बताए ।

‘कांग्रेस र जपसासँग पछिल्लो रानजीतिक घटनाक्रमका बारेमा निरन्तर छलफल भइरहेको छ । अहिलेसम्म कुनै निष्कर्षमा पुगिसकेका छैनौ ।  जसपाका एक थरि हामी जस्तै र एकथरि चाँही केही केपीसँगै सहकार्य गर्ने दाउमा रहेका बुझेको छु ।’ उनले भने

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई पुन एकपटक लोकतन्त्रलाइृ पुनर्स्थापित गर्ने रहर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?