दैलेख दुर्घटना अपडेट : मृतक संख्या २ पुग्यो

काठमाडौं । दैलेखमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

बिहीवार बिहान (आज) दैलेखको आठबिस नगरपालिका-१ डाब (स्यालाघाट) स्थित कालिकोटबाट सुर्खेत तर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०२४७ नं को बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो ।

प्रहरीले दिएको प्राप्त जानकारी अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमा कालिकोट बस्ने ३८ वर्षिय जितेन्द्र बहादुर शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

दुर्घटनामा परी शाहीको घटनास्थलमै ज्यान गएको हो भने विकको उपचारका क्रममा पादुका मेडिकल हलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीमा १८ जना सवार रहेको र जसमध्ये १० जना गम्भीर, ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?