काठमाडौं । दैलेखमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।
बिहीवार बिहान (आज) दैलेखको आठबिस नगरपालिका-१ डाब (स्यालाघाट) स्थित कालिकोट बाट सुर्खेत तर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०२४७ नंको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो ।
गाडीमा १८ जना सवार रहेको र जसमध्ये १० जना गम्भीर, ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको प्राप्त जानकारी अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमा कालिकोट बस्ने ३८ वर्षिय जितेन्द्र बहादुर शाही रहेका छन् ।
त्यस्तै गम्भीर घाइतेमध्ये ३ जनाको स्थानीय मेडिकलमा उपचारको लागि पठाई थप उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया