प्रदेशलाई निर्वाचन आयोगको पत्र- ‘एमाले र माओवादी ब्यूँतियो’

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाहरूलाई नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको जानकारी दिएको छ ।

सर्वाेच्च अदालतको फैसलापछि आयोगले पत्र पठाएर प्रदेश सभामा रहेको नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र भएको जानकारी पठाएको हो । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले सात वटै प्रदेश सभालाई पत्र पठाएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको जानकारी गराएका हुन् ।  अब प्रदेश सभामा पनि एमाले र माओवादी केन्द्रका सांसद अलग-अलग बस्नेछन् ।

सर्वोच्च अदालतले फागुन २३ गते सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी (नेकपा)लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?