नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक बस्ने भएको छ । आज (बुधवार) अपराह्न बानेश्वरको एक होटलमा नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो ।

नेपाल पक्षका केन्द्रीय सदस्यहरू सहभागी हुने बैठकको बिषय भने नखुलाइएको र अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनसक्ने स्रोतले बताएको छ ।

नेपाल पक्षले यसअघि नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?