काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज बुधवार काठमाडौं मेयर–११ र नेपाल पुलिस क्लब भिड्दै छन् । खेल खेल त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे शुरु हुनेछ ।
पुलिस तेस्रो जितको खोजीमा हुनेछ । पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । पुलिसले ३ खेलमा ४ अंक जोडेको छ भने काठमाडौंले २ खेलमा २ अंक जोडेको छ ।
यसअघि हिजो भएको खेलमा वाग्मती र पुलिस विजयी भएका थिए । वाग्मतीले एपीएफलाई र नेपाल पुलिस क्लबले आर्मीलाई पराजित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया